छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
तनहुँ | भदौ १२, २०८०
तनहुँमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्।
ऋषिङ गाउँपालिका- ६ स्थित ज्यामिरेमाई आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा पक्राउ परेका हुन्। उनी त्यहीँका स्थानीय हुन्।
थापाविरूद्ध भदौ ३ गते सोही विद्यालयमा पढ्ने १२ वर्षीया छात्रालाई बलात्कार गरेको उजुरी प्रहरीमा आएको थियो। त्यसपछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले बताए।
थापालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको एसपी विष्टले जानकारी दिए।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

